Section 105
परिषद्को बैठक सम्बन्धी व्यवस्था
(१) परिषद्को बैठक आवश्यकता अनुसार परिषद्को अध्यक्षले
तोकेको मिति, स्थान र समयमा बस्नेछ ।
तर दुईवटा बैठक बीचको फरक चार महिनाभन्दा बढी हुने छैन ।
(२) परिषद्का कुल सदस्य सङ्ख्याको एक चौथाई सदस्यले बैठक बोलाउन लिखित
अनुरोध गरेमा अध्यक्षले पन्ध्र दिनभित्र परिषद्को बैठक बोलाउनु पर्नेछ ।
(३) परिषद्को बैठक बस्ने कम्तीमा चौबीस घण्टाअघि परिषद्को सदस्य सचिवले बैठकमा
छलफल हुने विषय सहितको सूचना परिषद्का सबै सदस्यलाई दिनु पर्नेछ ।
(४) नेपाल सरकार, रोजगारदाता तथा टे«ड युनियनको प्रतिनिधित्व हुने गरी परिषद्का
कुल सदस्य सङ्ख्याको कम्तीमा पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा परिषद्को
बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(५) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा
मन्त्रालयको सचिवले बैठकको अध्यक्षता गर्नेछ ।
(६) परिषद्कोबैठकमा श्रम सम्बन्धी विशेषज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।
(७) परिषद्को निर्णय सर्वसम्मतिको आधारमा गरिनेछ ।
(८) उपदफा (७) बमोजिम सर्वसम्मति कायम हुन नसकेमा नेपाल सरकार, रोजगारदाता
तथा युनियनको प्रतिनिधि सहितको परिषद्का सदस्यहरुको बहुमतबाट निर्णय हुनेछ ।
(९) परिषद्को बैठकको निर्णयको अभिलेख छुट्टै माइन्युट बुक तयार गरी राखिनेछ र
बैठकको निर्णय परिषद्को सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(१०) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम
हुनेछ ।
(११) परिषद्का सदस्यहरुले नेपाल सरकारले तोकेबमोजिमको बैठक भत्ता पाउने छन् ।